काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को मूल्य समायोजन गरिएको छ। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मूल्य समायोजन गर्दै प्रतिइकाइ ८.३८ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिइकाइ ९.३४ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यो म्युचुअल फन्डको इकाइहरु कारोबारमा आउनेछन्।

यो योजनाको लाभांश वितरणार्थ योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले भोलि असोज २६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज २५ गतेसम्म कायम इकाइधनीले मात्रै यो योजनाको लाभांश पाउने योग्य भएका छन्। 

योजना व्यवस्थापकले यस म्युचुअल फन्डका इकाइधनीलाई आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड रुपैयाँको कुल ९.६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार इकाइधनीलाई कुल १० करोड ७५ लाख २० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने योजना व्यवस्थापकले निर्णय गरिएको छ।