काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज दुई निर्जीवन बीमा कम्पनीको सेयरमूल्य समायोजन गरिएको छ।
नेप्सेले गत आर्थिक वर्षको बोनस सेयरका लागि सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्रा सिद्धार्थको १ हजार २०५ रुपैयाँ र लुम्बिनी जनरलको ७९१ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता सिद्धार्थको १ हजार ३५० रुपैयाँ र लुम्बिनी जनरलको ८३१ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार दुवै कम्पनीको सेयर कारोबारमा आउनेछ।
सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश कम्पनीको आगामी जेठ २८ गते हुने १९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
लुम्बिनी जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश कम्पनीको आगामी जेठ २८ गते हुने १६ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
सभा र लाभांश प्रयोजनका लािग सिद्धार्थले आज जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म र लुम्बिनी जनरलले जेठ १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो जेठ १३ गतेसम्म कायम सेयरधनीहरुमात्र यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19