काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिनर्जी पावरको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६३४ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ६९७ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
कम्पनी लाभांश र हकप्रद जारीको अजेन्डा अनुमोदन गर्न यही भदौ १८ गते १५ औँ वार्षिक साधारणसभा डोकेको छ। लाभांश र साधारणसभा प्रयोजनका लागि कम्पनी आज भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ ३ गतेसम्म कायम सेयरमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १०.५२ प्रतिशत लाभांश र २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारीको अजेन्डा अनुमोदन गर्नेछ।
कम्पनीले चुक्तापुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४.७५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।
कम्पनीले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको २ः१ अर्थात ५० प्रतिशत हकप्रद जारी गर्ने अजेन्डा पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19