काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको लाभांशका लागि अरुण काबेली पावर लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सेले अरुण काबेलीको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता ६८१ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको सेयर प्रतिकित्ता ७९७ रुपैयाँ पुगेको थियो।
लाभांश र वार्षिक साधराणसभा प्रयोजनका लागि अरुण काबेलीले आज भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब गत भदौ १३ गते (भदौ १४ गते सार्वजनिक बिदा परेकोले) सम्म कायम सेयरधनीहरु मात्र यो कम्पनीको लाभांश पाउन र वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।
अरुण काबेलीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश कम्पनीको यही भदौ २६ गते हुने ११ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ। सोही सभाले बोनस सेयर जारीपछि कायम हुने चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद जारीको विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19