 
                     
                                
                             
                                    काठमाण्डौ । गत आर्थिक वर्षको नगद लाभांशका लागि सनराइज म्युचुअल फन्डअन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फन्डको इकाइमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो फन्डको इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ १३.१३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो फन्ड प्रतिइकाइ १८.१३ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यस फन्डका इकाइहरु कारोबारमा आउनेछन्।
योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट यस फन्डका इकाइधनीहरुलाई करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसअनुसार इकाइधनीहरुलाई ४३ करोड रुपैयाँ प्रतिफल वितरण गरिने सनराइज क्यापिटलले जनाएको छ।
प्रतिफल वितरण प्रयोजनार्थ सनराइज क्यापिटलले आज भदौ १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ १५ गतेसम्म कायम इकाइधनीहरुमा यस फन्डको प्रतिफल पाउन योग्य भएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19