 
                     
                                
                             
                                    काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल ल्युब आयल लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता ३१६ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै नेपाल ल्युब आयलको सेयर कारोबारमा आउनेछ।
नेपाल ल्युब आयले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ३० प्रतिशत बोनस सेयर र बाँकी ५ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही असोज १८ गते आफ्नो ३० औँ वार्षिक साधारणसभा डोकेको छ।
सभा र लाभांश प्रयोजनका लागि कम्पनीले आज असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज ४ गतेसम्म कामय सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य भएका छन्।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19