काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि कुमारी बैंक र गुराँस लघुवित्तको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता कुमारी बैंकको २६४ रुपैयाँ र गुराँस लघुवित्तको १३४८.०९ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता कुमारीको २८० रुपैयाँ र गुराँस लघुवित्तको १५७६ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यी दुवैको सेयर कारोबारमा आउनेछ।
कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश बैंकको यही कात्तिक १६ गते हुने २१ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी गुराँस लघुवित्तले १७.७९६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १६.९०६ प्रतिशत बोनस सेयर र ०.८८९८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश संस्थाको यही कात्तिक २२ गते हुने छैटौँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी दुवै कम्पनीले आज कात्तिक ८ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो कात्तिक ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभा लिन योग्य भएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19