काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि दुई लघुवित्तको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्स (नेप्से) ले आशा लघुवित्त र स्वरोजगार लघुवित्तको सेयरमूल्य समायोजन गरेको छ। समायोजित मूल्यअनुसार प्रतिकित्ता आशाको १५१९.९२ रुपैयाँ र स्वरोजगारको १२७२ रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार आशाको १८९९.९० रुपैयाँ र स्वरोजगारको १५९० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी लघुवित्तको सेयर कारोबारमा आउनेछ।
यी दुवै लघुवित्तले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आज कात्तिक १२ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो कात्तिक ११ गतेसम्म कायम सेयरधनीहरु लाभांश र सभामा भाग लिन योग्य हुनेछन्।
आशा लघुवित्तले कुल २६.३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २५ प्रतिशत बोनस र १.३१ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश आशा लघुवित्तको यही कात्तिक २७ गते हुने पाँचौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी स्वरोजगार लघुवित्तले २५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। प्रस्तावित बोनस सेयर संस्थाको यही कात्तिक २७ गते हुने १३ औँ वार्षिक साधारणसभाले पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19