काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ।
नेप्सले मूल्य समायोजन गर्दै प्रतिकित्ता लक्ष्मी लघुवित्तको १ हजार ६०८.८३ रुपैयाँ र आरएसडीसी लघुवित्तको ७९२.७३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता लक्ष्मीको १ हजार ९३०.६० रुपैयाँ र आरएसडीसीको ८७२ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार यी दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछ।
यी दुवै लघुवित्तले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि आज कात्तिक ३० गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो कात्तिक २९ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुवित्तको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
लक्ष्मी लघुवित्तले चुक्तापुँजीको कुल २७.३६८४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा २० प्रतिशत बोनस सेयर र ७.३६८४२१ प्रतिशत नगद लाभांश (करसहित) रहेका छन्।
प्रस्तावित लाभांश संस्थाको आउँदो मंसिर १० गते हुने १० औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
यसैगरी आरएसडीसी लघुवित्तले चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश रहेका छन्।
प्रस्तावित लाभांश संस्थाको आउँदो मंसिर १० गते हुने आठौँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago