काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गत आर्थिक वर्षको बोनस सेयरका लागि फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै यो लघुवित्तको प्रतिकित्ता ९२१.८२ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो लघुवित्त सेयरभाउ प्रतिकित्ता १ हजार १४ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै यस लघुवित्तको सेयर कारोबारमा आउनेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आज मंसिर ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ गत मंसिर २ गते (मंसिर ३ गते शुक्रबार र मंसिर ४ गते शनिबार) सम्म कायम सेयरधनीहरुमात्रै सभा भाग लिन र लाभांश पाउन योग्य भएका छन्। 

संस्थाको सञ्चालक समितिको गत कात्तिक १३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १६ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित कुल १०.५३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस सेयर र बोनस सेयर कर प्रयोजनार्थ ०.५३ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँबाट वृद्धि गरी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ। त्यस्तै प्रवबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाबाट पारित हुनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पनि अनुमोदन गर्नेछ।