काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि घोषित बोनस सेयरका लागि मेगा बैंक नेपाल र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता मेगा बैंकको २९२.७३ रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको १ हजार ६९९.३० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता मेगा बैंकको ३२२ र ग्लोबल आइएमई लघुवित्तको २ हजार १७५.१० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यी दुवैको सेयर कारोबारमा आउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि मेगा बैंक र ग्लोबल आइएमई लघुवित्तले आज मंसिर १४ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो मंसिर १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी दुवैको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
मेगा बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरणका लागि वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकले १ अर्ब ४६ करोड रुपैयाँ बराबरको बोनस सेयर र ३० करोड ३३ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरणको योजना बनाएको छ।
प्रस्तावित लाभांश अनुमोदनका लागि आगामी मंसिर २८ गतेका लागि वार्षिक साधारणसभा आह्वान भइसकेको छ।
यसैगरी ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीका लागि २८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । यो कम्पनीले १२ करोड ८ लाख मूल्य बराबरको बोनस सेयर वितरण गर्ने योजना बनाएको हो।
प्रस्तावित लाभांश मंसिर २८ गते हुने संस्थाको वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago