काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज मिर्मिरे लघुवित्तको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १ हजार ३७१ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार मिर्मिरेको प्रतिकित्ता १ हजार ४९७ रुपैयाँ थियो। अब समायोजित मूल्यअनुसार नै मिर्मिरेको धितोपत्र कारोबार खुल्नेछ।
मिर्मिरे लघुवित्तले गत आर्थिक वर्षका लागि कुल ९.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ९.२ प्रतिशत बोनस सेयर र बाँकी ०.४८ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश यही चैत १८ गते मिर्मिरे लघुवित्तको १० औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
सभा र लाभांश प्रयोजनका लागि संस्थाले आज चैत ८ गतेदेखि चैत १८ गतेसम्म बुक क्लोज गरेको छ। यसको अर्थ आज चैत ५ गतेसम्म कायम सेयरधनीहरुमात्र यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। किनकि चैत ६ गते शुक्रबार (धितोपत्र कारोबार हुँदैन) भने चैत ७ गते (शनिबार) परेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago