काठमाण्डौ । गत आर्थिक वर्षका लागि प्रस्तावित बोनस सेयरका लागि एनसीसी बैंक, महुली लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ।
नेप्सेले यी ३ बैंक तथा वित्तीय संस्थाको सेयरमूल्यमा समायोजन गरेको हो। समायोजित मूल्यअनुसार प्रतिकित्ता एनसीसी बैंकको २६३.४३ रुपैयाँ, महुली लघुवित्तको १५०२.३८ रुपैयाँ र विजय लघुवित्तको १२७२.१८ रुपैयाँ कायम भएको छ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता एनसीसी बैंकको २८४.५० रुपैयाँ, महुली लघुवित्तको १८९३ रुपैयाँ र १५२७ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी तीनै बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबारमा आउनेछन्।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि यी तीनै कम्पनीले आज पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो पुस ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीहरुको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
एनसीसी बैंकले बैंक गत आर्थिक वर्षका लागि कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८ प्रतिशत बोनस र ०.४२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
प्रस्तावित लाभांशमा बैंकको यही पुस २४ गते हुने २९ औँ वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
महुली लघुवित्तले यही पुस २४ गते आफ्नो नवौँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले प्रस्तावित २६ प्रतिशत बोनस सेयर अनुमोदन गर्नेछ।
सभाले प्रिमियममा एफपीओ जारी गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
यसैगरी विजय लघुवित्तले पनि यही पुस २४ गते नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २०.०३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.०६ प्रतिशत नगद लाभांश रहेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19