काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७६/७७ को बोनस सेयरका लागि सेयरमूल्य समायोजन गर्दै एसियन लाइफको प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १३२२ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आज माघ १२ गते बुक क्लोज गरेको छ। यसको अर्थ हिजो माघ ११ गतेसम्म कायम सेयरधनीहरु यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीले आफ्नो १३ औँ वार्षिक साधारणसभा यही माघ २१ गते आयोजना गर्ने निर्णय गरेको छ। सोही सभाले आर्थिक वर्ष २०७६÷७७ का लागि प्रस्तावित कुल २७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद लाभांश छन्।
सभाले बोनस सेयर जारीपश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले एसियन लाइफको ५१ प्रतिशत स्वामित्व रहेको एसियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृति लिने तथा सोको कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभामा आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19