काठमाण्डौ । बोनस सेयरका लागि प्रभु इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र आरम्भ चौतारी लघुवित्तको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता प्रभुको ७४३.२४ रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सको ८९१.३० रुपैयाँ र आरम्भ चौतारीको १११६.८६ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यी कम्पनीको क्रमशः प्रतिकित्रा ८२५ रुपैयाँ, १०२५ रुपैयाँ र १३३६ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यी कम्पनीको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका आज चैत १७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यसको अर्थ हिजो चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्र यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छिन्।
प्रभु इन्स्योरेन्सले आफ्नो २६ औँ वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११.५८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५८ प्रतिशत नगद लाभांश छन्।
यसैगरी सिद्धार्थ इन्स्योरेन्सले आफ्नो २० औँ वार्षिक साधारणसभा पनि यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी १ अर्ब १२ करोड रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने १७ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ कम्पनीले ०.७८९५ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँबराबरको नगद लाभांश पनि कम्पनीले वितरण गर्नेछ।
सभाले बोनस सेयर जारीपछि पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सोही सभाले निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ।
त्यस्तै आरम्भ चौतारी लघुवित्तले आफ्नो वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काभ्रेको बनेपा–८ स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ३० करोड ६९ लाख २३ हजार १४८ रुपैयाँको २१ प्रतिशतले हुन आउने ६ करोड २ लाख २० हजार २६१ रुपैयाँबराबरको बोनस सेयर पारित गरेको छ।
बोनस सेयर जारी गर्दा संस्थाको पुँजीसमृत वृद्धि हुने भएकोले सोका लागि प्रबन्धपत्रमा संशोधन गरी पुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग आपसमा गाभ्न, गाभिने तथा प्राप्ति गर्न र हुने प्रयोजनका लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19