काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बोनस सेयरका लागि विन नेपाल लघुवित्तको सेयरमूल्यमा समायोजन गर्दै प्रतिकित्ता ९८७.८३ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १०८० रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार यो लघुवित्तको सेयर कारोबारमा आउनेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि संस्थाले आज जेठ १८ गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो जेठ १७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा यही जेठ ३१ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा सिन्धुपाल्चोकको फटकशिला–८ स्थित इन्द्रावती सामुदायिक सेवा केन्द्रमा बिहान ११ बजेबाट हुनेछ।
सभाले संस्थाले गरेको साविकको नेपाल सेवा लघुवित्त र विन लघुवित्त आपसमा गाभिएपछि कायम चुक्तापुँजी ७ करोड २४ लाख ४१ हजार ३०० रुपैयाँको सञ्चित मुनाफा ९.३३ प्रतिशतले हुन आउने बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ संस्थाले ०.५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका दस्तावेजहरु पनि अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19