काठमाण्डौ । नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन गरिएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले गत आर्थिक वर्षको बोनस सेयरका लागि नेपाल ल्युब आयलको सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २२७.३६ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता २८४.२० रुपैयाँ कायम थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
कम्पनीले कम्पनीले लाभांश र सभा प्रयोजनका लागि आज असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो असोज १३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल ३० प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा २५ प्रतिशतले हुन आउने बोनस सेयर र ५ प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही असोज २८ गते वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
सभाले प्रस्तावित बोनस सेयरबराबरको चुक्तापुँजी वृद्धि गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। सभाले कम्पनीको अधिकृत एवं जारी पुँजी ५ करोड रुपैयाँ थप वृद्धि गरी १० अर्ब करोड कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेज अनुमोदन गर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19