काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसले यतिबेला विश्व महामारीको रुप लिएको छ। संक्रमित मानिसको सम्पर्कबाट मानिसमा सर्ने यो रोगले अहिले डरलाग्दो रुप लिएको छ। 

यो संक्रमणको उपचारका लागि औषधि तथा भ्याक्सिनको विकास भइसकेको छ। यसबाट बच्न अहिले अधिकांश देश लकडाउन गरिएका छन्। त्यस्तै सामाजिक दूरी र अन्य उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। 

हालसम्म जीवित मानिसबाट मानिसमा सर्ने भनिएको यो संक्रमण यदि मृत मानवशरीरबाट पनि सर्न सक्छ भन्दा अपत्यार लाग्न सक्ला। तर कोरोनामाथि अनुसन्धान गरिरहेको विज्ञहरुले भने यो भाइरस मृत मानव शरीरबाट पनि फैलिन सक्ने खुलासा गरेका छन्। 

कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि अनुसन्धानमा खटिएका थाइल्यान्डका वैज्ञानिकहरुले यस्तो खुलासा गरेका छन्। उनीहरुको अनुसन्धानटबाट जीवित मानिसबाट मानिसमा सर्ने यो भाइरस मृत मानवशरीरबाट पनि सर्ने देखिएको हो। 

थाइल्यान्डका विज्ञहरुबाट यस्तो खुला भएपछि अहिले विश्वभरका अस्पतालमा कार्यरत कर्मचारी र चिकित्सक चिन्तामा परेका छन्। 

सायद यो पहिलो खोज हो कि मृत मानवशरीरबाट यो भाइरस सर्न सक्छ। यसअघि यस्तो सम्भाव्यताबारे अध्ययन भइसकेको थिएन। 

वैज्ञानिकहरुको यो निक्यौलसँगै कोरोनाबाट ज्यान गुमाएकाहरुको शव पोस्टमार्टममा खटिएका फोरेन्सिक कर्मचारीहरु पनि संक्रमणको जोखिममा हुन सक्नेतर्फ सतर्कता गरिएको छ। सतर्कता अपनाइएको खण्डमा यो संक्रमणबाट बच्न सकिने उनीहरुको भनाइ छ। – एजेन्सी