-एन्जेला मर्रो

मृत्यु प्रक्रिया मर्नु भन्दा ठीक अगाडि सुरु हुन्छ । मृत्यु एउटा व्यक्तिगत यात्रा हो, जुन हरेक व्यक्तिले आफ्नै ढंगले सामना गरेको हुन्छ । जीवित छँदा मानिसका विभिन्न गन्तव्य हुन्छन् । तर, जीवनको अन्त्यमा सबैको एउटै गन्तव्य हुन्छ, त्यो हो मृत्यु ।

मृत्युको नजिक पुग्दा एउटा प्रक्रिया सुरु हुन्छ–भौतिक संसारको परिचित जीवनदेखि अज्ञात स्थलतर्फको अनिश्चित यात्रा । किनकी मृत्युपछि को कहाँ हुन्छ वा मानव अस्थित्व के हुन्छ भन्ने बारे अहिलेसम्म कसैले देखेको छैन । छन् भने केबल मिथ्या कल्पना र भ्रममात्र । मृत्यु यात्राले हाम्रो भौतिक शरिरलाई  अज्ञात स्थलमा पुर्याउँछ ।

मृत्युसम्म पुग्ने यात्रा आफैमा कोशेढुंगा हुन सक्छ । किनकी हरेक मानिसले मृत्युलाई अनौठो ढंगले अनुभव गर्छ । कोही व्यक्ति केही क्षणमा नै मृत्युको मुखमा पुग्छ भने कोही महिनौं वा बसौंसम्म थला परेर उनीहरुको  भौतिक शरिर अन्त्य हुन्छ ।

मृत्यु भन्दा १ देखि ३ महिना

जब कुनै मानिसले आफ्नो मृत्यु स्वीकार्छ र मृत्यु आउँदैछ भन्ने महशुस गर्छन्, उनीहरु आफ्नो वरिपरिको वातावरणबाट टाढा हुन्छन् । यो उनीहरुको भौतिक संसार र वरिपरिका मानिसबाट छुट्टिने प्रक्रिया हो । उनीहरुले साथीभाई, छिमेकी र परिवारका सदस्यबाट पनि टाढा हुन्छन् । जब आफन्तजन आउँछन् मानिसहरुसँग बोल्न वा चासो दिन उनीहरुलाई मन लाग्दैन । उनीहरुले जीवनबारे सोच्छन् र पुराना सम्झनाहरु स्मरण गर्छन् । मैले जीवन कसरी बाचे भनेर मुल्यांकन गर्छन् । जीवनमा गरेका गल्तीहरुप्रति पश्चताप सुरु गर्छन् । उनीहरुले मर्नका लागि पाँच काम गर्छन् ।

मर्न लागेको मानिसको भोक तथा तौल घट्छ र शरिर निस्कृय हुन्छ । ऊर्जाका लागि शरिरलाई खाद्यन्न आवश्यक पर्दैैन । उनीहरु धेरै सुत्छन् र कुनै पनि रमाईला गतिविधि रुचाउँदैनन् ।उनीहरुलाई पोषणयुक्त कुनै खानेकुरा आवश्यक पर्दैन । भोक तीर्खा केही लाग्दैन । नखाँदा पनि खासै केही अशर गर्दैन, किनकी यो स्वीकार गरिएको यात्रा हो ।

मर्नुभन्दा १ देखि २ साताअघि

मानसिक परिवर्तन

-यस अवस्थामा उनीहरु धेरै सुत्छन । बोल्न छोड्नु सामान्य हो ।

-छुट्टै खालको चेतना अनुमान गर्छन् ।

-उनीहरुले धेरै भ्रम देख्छन् जस्तै कसैले पिट्न थालेको छ वा हानी गर्न लागेको छ की भन्ने सोच्छन् ।

-मर्न लागेको मानिस पूर्ण रुपमा भ्रममा बाँचेको हुन सक्छ ।

-आफ्नो अगाडि नभएका मानिसहरुसँग एकोहोरो बोलिरहेको हुन्छ ।

-आफूभन्दा पहिला मरिसकेको मान्छेसँग कुरा गर्छन् ।

-कसैले आफ्ना लत्ता कपडा र खाद्यन्न बाकेर घरभित्रै यत्रतत्र हिड्छन् ।

-उनीहरु आक्रोशित देखिन्छन् । तर उनीहरुको गति र उदेश्य निस्कृय हुन्छ ।

वास्तवमा उनीहरु यस पृथ्वीमा रहेको भौतिक जीवनबाट टाढा हुन खोजेको लक्षण देखाएका हुन ।

शारीरिक परिवर्तनः

-धेरैलाई शरिर चलाउन गाह्रो हुन्छ ।

-मृत्युको नजिक पुग्दा शरिरले देखाउने संकेत तथा लक्षण यस्ता छन्ः

-शरिरको तापक्रम १ डिग्री वा सो भन्दा बढी घट्छ ।

-रक्तचाप घट्छ धड्कन अनियमित हुन्छ, श्वासप्रश्वासमा कठिनाई हुन्छ ।

-रक्त प्रबाह कम्जोर हुने भएको छालाको रंग परिवर्तन भएर पहेलो हुँदै जान्छ ।

-ओठ कालो र नङ पहेलो हुँदै जान्छ  भने आखा गढेको देखिन्छन् ।

-श्वासप्रश्वास तलमाथि भइरहन्छ । छिट्टो छिटो श्वास लिने र रोकिने प्रक्रिया सुरु हुन्छ ।

-श्वास फेर्न कठिनाई हुने र हल्का खोकी लाग्छ ।

-वाक्य मधुरो हुन्छ र बिस्तारै बोल्न छोड्छन् ।

जीवनको अन्तिम गन्तव्य वा समयः

मृत्यु हुनुभन्दा केही दिन वा केही घन्टा अघि यति बेलासम्म उनीहरु मृत्युको नजिक पुगिसकेका हुन्छन् । उनीहरु मृत्युको एकदम नजिकै पुग्दा शक्ति हवात्तै बढ्छ । उनीहरु बेडबाट उठ्न खोज्छन् र आफ्ना हितैसी वा नजिकका मानिसँग बोल्न खोज्छन् । लामो समयको निराहरपछि उनीहरुले खाना माग्छन् । उनीहरुको उर्जा त्यति बाहिर देखिदैन । तर मर्नुअघि हिँड्न समेत खोज्छन् । तर उनीहरुमा देखिएको शक्ति क्षणिक र अन्तिम हो । जब मृत्यु एकदम नजिक आउँछ उनीहरु पहिल्यैकै लक्षण देखाउन सुरु गर्छन् ।

श्वास प्रश्वास निकै अनियमित र सुस्त हुन्छ । केही सेकेन्ड श्वास रोकिन्छ । फेरी छिटो–छिटो श्वास फेर्छन । श्वास पक्रिया ढिलो छिटो, ढिलो छिटो भइरहन्छ । श्वास लिने ठाँउ साघुरिदै जान्छ र त्यसले घ्यार–घ्यार आवाज आउँछ ।  

हात र खुट्टामा कलेजी रंगको दाग देखिन थाल्छ । बिस्तारै हात तथा खुट्टामा रक्त प्रबाह रोकिन थाल्छ । ओठ र नङ कलेजी रंगको हुन थाल्छ । यसबेलासम्म उनीहरुले रेसपोन्स गर्न छोडिसकेका हुन्छन् । आँखा खुला वा अर्ध खुला हुन्छ तर उनीहरुले केही पनि देख्दैनन् ।

यसबेला उनीहरुको शरिरको एकमात्र चेतना भनेको सुन्न सक्ने हो । उनीहरुले बिस्तारै सुन्छन् । त्यही भएर आफन्तजन वा अन्य व्यक्ति  मर्न लागेको मानिसको छेउमै बसेर अन्तिम इच्छा सोधिन्छ । अन्त्यमा श्वास रोकिन्छ र मुटुको धड्कन पनि बन्द हुन्छ । यसबेलासम्म उनीहरु मृत्युको काखमा पुगेका हुन्छन् । 

-Agency/Swasthyakhabar