Mega Bank Limited
काठमाण्डौ । टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जरको बाहानामा लगानीकर्ताको लगानी करिब ५०० दिनसम्म बन्धक बनाएको मेगा बैंकको सेयर मूल्य लगातार घटिरहेको छ ।
तीन दिनअघिदेखि सेयर कारोबार सुरु भएको मेगा बैंकको मूल्य बिहीबारसम्म आइपुग्दा प्रतिकित्तामा १०५ रुपैयाँ घटिसकेको छ ।
मेगा बैंकले मर्जरको नाममा लामो समयसम्म सेयर कारोबार निलम्बनमा राखेपछि सयौं लगानीकर्ता रिसाएका थिए । ५०० दिनसम्म लगानीकर्ताको लगानी बन्धक भएपछि उनीहरुले मर्जर सकिएर मेगाको कारोबार सुरु भएलगत्तै त्यसको आक्रोश पोख्दै सेयर बिक्रीको होडबाजी गरेका हुन् ।
कारोबार खुलेको दिनदेखि नै मेगा बैंकको सेयर बिक्रीको होड चलेको थियो । सो दिन ३११ रुपैयाँ प्रतिकित्ताबाट दोश्रो बजारमा कारोबार खुलेको मेगा बैंकको मूल्य प्रत्येक दिनजसो १० प्रतिशतको दरले घट्दै सर्किट ब्रेक लागिरहेको छ ।
यो क्रममा बिहीबारसम्म आइपुग्दा ३११ रुपैयाँ प्रतिकित्ताको सेयर घटेर २०६ रुपैयाँमा सीमित बन्न पुगेको हो ।
मेगा बैंकको संचालक समिति र व्यवस्थापनले लगानीकर्ताको भावनामाथि कुठाराघात गरेका कारण मूल्य अझै घट्ने देखिन्छ ।
बिहीबार मात्रै मेगाको मूल्य प्रतिकित्ता २२ रुपैयाँले घट्यो । यसअघिको प्रत्येक दिन मूल्य १० प्रतिशतकै हाराहारीमा घटेको थियो ।
मूल्य लगातार घट्दा मेगा बैंकको सेयर करिब ५०० दिनसम्म राखेर बिक्री गर्नेहरुले लाखौं गुमाएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago