काठमाण्डौ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैदेखि वर्ष भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका विभागका अनुसार आज प्रदेश–१, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णबदली र बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ।
हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वीबंगलादेशसम्म पूर्वपश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको छ। सोही वायु प्रणालीको असरले सोमबार पनि प्रदेश–१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago