काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवका अवसरमा मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ।
यस छुट अफरअन्तर्गत ग्राहकले मेट्रो सुपर मार्केटमा कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० प्रतिकारोबार र अफर अवधिभर रु. ३०० सम्म छुट लिन सक्नेछन्।
स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकले मेट्रो सुपर मार्केटको सम्पूर्ण शाखामा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्।
यस अफरअन्तर्गत मेट्रो सुपर मार्केटका पेप्सीकोला, सानेपा र जोरपाटीस्थित शाखामा एनआईसी एशिया मोबैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक (एचआई–एमबी), नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आईक्यास, पेवेल, एन क्यास तथा विभिन्न सहकारीका एपमार्फत पनि भुक्तानी गर्न सकिनेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19