-धर्म मलाशी
काठमाण्डौ । कोरोनाभाइरसको जोखिम बढेसँगै राजधानीमा मेडिकल मास्कको अभाव देखिएको छ । 

यहाँका मेडिकल पसल र फार्मेसीहरुमा मेडिकल मास्क हिजोआज किन्न पाइन्न । 

दिनहुँ सयौं मानिस मास्क खोज्न मेडिकल पसल धाउँदा पनि भेटिरहेका छैनन् । मेडिकल व्यापारीसँग पनि मास्क किन्न आउने ग्राहकलाई रित्तो हात पठाउनुुको विकल्प छैन । 

नेपाली बजारमा पाइने अधिकांश मास्क चीनबाट भित्रिने र अहिले चीन आफैं मास्कको अभावबाट गुज्रिरहेकोले त्यसको सोझो असर नेपाली बजारमा देखिएको यस क्षेत्रसंग सम्बन्धित जानकारहरु बताउँछन् । 

नेपालमै पनि मास्कको उत्पादन नहुने भने होइन । तर, यहाँ उत्पादन हुुने मास्कमा प्रयोग हुुने कच्चा पदार्थ पनि उतैबाट आउने भएकाले मेडिकल मास्कको उत्पादन ठप्प भएको छ । 

नेपाल सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि मास्कको अनिवार्य प्रयोग र बजार माग सम्बोधन हुने गरी नयाँ मास्क उत्पादनमा कुुनै चासो नदिएको मेडिकल व्यापारीहरुको गुुनासो छ । 

बजारमा मास्कको अत्यधिक माग भएको बेला आपूर्ति भने शूून्यप्राय छ । काठमाण्डौमा कोरोनाको त्रासले मात्रै नभई वातावरण प्रदूषणबाट बच्न समेत मास्कको माग अत्यधिक हुुने गरेको छ । 

काठमाण्डौको काँडाघारीमा रहेको चर्णावती मेडिकलका संचालक शिवकुुमार बुुढाथोकीले आफ्नो पसलमा मेडिकल मास्कको स्टक सकिएको एकमहिना भएको बताए । उनले अहिले दैनिक रुपमा करिब ५०–६० जना ग्राहक मास्क खोज्न आफ्नोमा आउने गरेको बताए । मास्क अभाव हुुनुुमा कालोबजारीको हात रहेको बताउँदै उनले भने–“केही समयअघि मेडिकल पसल–पसलमा गएर कालोबजारी गर्ने व्यापारीहरुले त्यहाँ उपलब्ध सबै मास्क सस्तोमा उठाए । अनि त्यो मास्क महङ्गो मूल्यमा चीन निर्यात गरे ।” त्यस्तो गर्दा उनीहरुले प्रति मास्क २ देखि ३ रुपैयाँसम्म नाफा आर्जन गरेका बुढाथोकीको दाबी छ । 

उनका अनुसार कोहीले भने कोरिया र जापान बस्ने आफन्तलाई पठाउने भन्दै ठूलो मात्रामा मास्क बजारबाट उठाएका थिए । 

त्यस्तै आफ्नो र मेडिकलको नाम उल्लेख नगर्ने शर्तमा तीनकुनेका अर्का एक मेडिकल व्यापारीले मास्कको व्यापारमा कालोबजारी देखिएको बताए ।

होलसेलमा मास्क सिद्धिएको भन्दै व्यापारीहरुले रिटेल पसलबाट मेडिकल मास्क उठाएर नाफा खाई चीन पुुर्याएका उनको भनाई थियो । उनले सशंकित हुँदै अब चीनबाट वा अन्य देशबाट आउने मेडिकल मास्कमा पनि संक्रमण हुुनसक्ने भएकाले आफूले त्यस्तो मास्क खरीद नगर्ने बताए । 
कोटेश्वरमा रहेको अतिग फार्मेसीका सञ्चालकले पनि चीनबाट आएको मास्क फेरि उतै गएको दाबी गरे । “मास्क खोज्न दिनहुँ सयौ ग्राहक आउने गर्छन । छैन भन्दा–भन्दा थाकिसकेँ, अब यहाँ मास्क पाइदैन भनेर सूचना टाँस्न मात्रै बाँकी छ।’ उनले भने । 

कोटेश्वरमै रहेको नेशनल डायग्नोसिस एण्ड मेडिकल सेन्टरका सञ्चालकले पनि आफ्नोमा मेडिकल मास्कको अभाव रहेको बताए । 

राजधानीको मुुटुुमा अवस्थित बानेश्वरको सिभिल हेल्थ सर्भिस प्रालिमा पनि मास्क अभाव हुँदा ग्राहकहरु फर्किरहेका थिए । सिभिल हस्पिटल छेवैमा रहेको मेडिकलका व्यापारीले आफ्नोमा मेडिकल मास्क २० दिनअघिदेखि नै सिद्धिएको बताए । 

त्यस्तै बानेश्वरमै रहेको सुुकर्मा मेडिकलका संचालकले आफ्नोमा मेडिकल मास्क छैन भन्दा ग्लानी हुुन थालेको बताए । “मकहाँ अहिले कपडाको मास्क मात्रै छ । बानेश्वर एरियामा कतै पनि मेडिकल मास्क भेटिन्न ।’ उनले थपे ।

बजारमा यसरी मेडिकल मास्क खोज्ने ग्राहक पसलै पिच्छे धाइरहदा उता सम्बन्धित निकाय भने मास्क लगाउन अनिवार्य छैन भनिरहेको छ । स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासन प्रमुुख सागर दाहालले आफू बजारमा रहेको मास्क अभाव बारे जानकार रहेको बताए । “आत्तिनुुपर्ने अवस्था छैन, मेडिकल मास्क विशेषगरी भाइरसबाट संक्रमित र संक्रमितको स्याहारमा संलग्नले मात्रै लगाउँदा हुुन्छ । अन्य स्वस्थ व्यक्तिलाई यसको खासै आवश्यकता पर्दैन ।” 

कोरोनाको संक्रमणबाट बच्न नियमित रुपमा हात धुुने, खोक्दा, हाच्छ्यूँ गर्दा मुुख छोप्नाले पनि बच्न सकिने उनले बताए । मास्क मात्रै नभई भाइरसबाट बच्न अन्य उपाय अबलम्बनमा जोड दिनुुपर्ने उनको तर्क थियो । 

मास्कको अभाव विश्वभर नै रहेको र नेपालमा आउने मास्कको प्रमुुख बजार चीनमा समेत अभाव भएकाले नेपालमा पनि त्यस्को प्रभाव देखिएको उनले बताए । विश्व स्वास्थ्य संगठनले समेत मास्कको समुुचित प्रयोगमा जोड दिएको र स्वस्थ मानिसले मेडिकल मास्क लगाउन नपर्ने जनाएकाले ‘मास्क अभाव भो’ भनेर नआत्तिन सुुझाव दिए ।