काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको अन्तिम दिनसम्म करिब साढे १४ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।
कम्पनीले गत वैशाख ४ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज वैशाख ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
यो कम्पनीले जारी पुँजीको २० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १० लाख ८५ हजार १६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकिएको थियो।
त्यस्तै ५ प्रतिशतले हुन आउने ५६ हजार ९९ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २२ हजार ४३९ कित्ता कर्मचारीका लागि छुट्याइएको यिथो। बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
सीडीएससीका अनुसार आज वैशाख ७ गते साँझसम्म यो आईपीओमा १२ लाख २८ हजार २०० आवेदकबाट १ करोड ३५ लाख ७ हजार ९६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १४.४४ गुणाले बढी हो।
मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने हुनेछ। जसमा भाग्यमानी ९३ हजार ४९१ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने तिनै भाग्यमानीमध्ये ५ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्।
मेन्छियाम हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago