काठमाण्डौ । कुमारी बैंक लिमिटेडका ग्राहकले मेरिना इम्पेक्सका विभिन्न सेवामा विशेष छुट पाउने भएका छन्।
कुमारी बैंक र मेरिना इम्पेक्सबीच मेरिना इम्पेक्सबाट प्रदान गरिने सिलाइसम्बन्धी सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डवाहक ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो। उक्त सहकार्यपश्चात मेरिना इम्पेक्सले काठमाण्डौको बागबजार, नयाँसडक, ललितपुरको गाबहाललगायत विभिन्न शाखाबाट सर्टिङ, सुटिङलगायत सम्पूर्ण सिलाइसम्बन्धी सेवाहरुमा बैंकको डेबिट/क्रेडिट कार्डवाट भुक्तानी गरेमा कार्डवाहकले २०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा मेरिना इम्पेक्सका प्रबन्ध निर्देशक गोकुल खड्काले हस्ताक्षर गरेका छन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटीएम, २५ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago