काठमाण्डौ । 'मेरो सेयर'बाट लगानीकर्ताले पोर्टफोलियो हेर्न नमिल्ने गरी अवरुद्ध भएको सुविधा आजभोलिबाट पुनः सुचारु हुने भएको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो सेयर' पोर्टलमार्फत अब आफ्नो सेयरको पोर्टफोलियो आजभोलिबाट नै पुनः हेर्न मिल्ने भएको हो ।
केही दिनयता नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)बाट लाइभ डेटा सिडिएससीको सिस्टममा समाहित हुन प्राविधिक समस्या रहेको छ, जसका कारण मेरो सेयरमार्फत लगानीकर्ताले रियल टाइम पोर्टफोलियो हेर्ने सुविधाबाट बञ्चित भइरहेका छन् ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले हाल नेप्सेबाट रियल टाइम डेटा पठाउन परीक्षण भइरहेको र आजभोलि नै समस्या समाधान हुने जानकारी दिएका छन् ।
सिडिएससीले भने 'मेरो सेयर'को माइ पोर्टफोलियोमा अन्तिम मूल्य प्राप्त गर्न नसकिने प्राविधिक समस्या रहेकाले पोर्टफोलियो हेर्ने सुविधा बन्द भएको र सेवा अवरुद्ध हुन पुगेकोमा क्षमाप्रार्थीको सूचना जारी गरेको छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19