काठमाण्डौ । 'मेरो सेयर'बाट लगानीकर्ताले पोर्टफोलियो हेर्न मिल्ने सुविधा आजबाट पुनः सुचारु भएको छ ।

गत बुधबारदेखि अवरुद्ध भएको सुविधा आजभोलिबाट पुनः सुचारु हुने सिडिएससीले जनाएको थियो । 

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले 'मेरो सेयर' पोर्टलमार्फत अब आफ्नो सेयरको पोर्टफोलियो पुनः हेर्न मिल्ने बनाएको हो ।

केही दिनयता नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)बाट लाइभ डेटा सिडिएससीको सिस्टममा समाहित हुन प्राविधिक समस्या रहेकोमा सो समस्यालाई आज समाधान गरी अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको सिडिएससीले जानकारी दिएको छ । 

पोर्टफोलियो हेर्ने सुविधा नभएका कारण 'मेरो सेयर'मार्फत लगानीकर्ताले रियल टाइम पोर्टफोलियो हेर्ने सुविधाबाट बञ्चित भइरहेका थिए ।