काठमाण्डौ । अन्यौलग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको कामलाई अगाडि बढाउन सरकारले ७ अर्ब ३९ करोड बजेट विनियोजन गरेको छ। 

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

इटालियन ठेकेदारले काम छाडेपछि अलपत्र बनेको मेलम्ची आयोजना अगाडि बढाउन सरकारले बजेट विनियोजन गरेको हो । 

अर्थमन्त्रील खानेपानी तथा सरसफाइका लागि ४३ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेका छन् । 

उता, अर्थमन्त्री खतिवडाले राजस्व बाँडफाँटमार्फत् प्रदेश र स्थानीय तहले १ खर्ब ३० अर्ब रुपैयाँ मात्र बजेट पाउने घोषणा गरेका छन् । 

खतिवडाले वित्तीय समानीकरण अनुदानबाट प्रदेशलाई ५५ अर्ब ३० करोड र स्थानीय तहलाई ८९ अर्ब ९५ करोड रुपैयाँ उपलब्ध गराइने बताएका हुन् ।

सशर्त अनुदानमार्फत् प्रदेशलाई ४५ अर्ब ५५ करोड र स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड रुपैयाँ दिने खतिवडाले घोषणा गरेका छन् । समपूरक र विशेष अनुदानका लागि चालु वर्ष जस्तै १० १० अर्ब रुपैयाँ विनियोजन गरिएको छ।

अर्थमन्त्रीले प्रधामन्त्री रोजगारी कार्यक्रमका लागि  ५ अर्ब १ करोड छुट्याएका छन्।