काठमाण्डौ । मेलम्ची खानेपानीको सुरुङ आज पानी भरेर परीक्षण सुरु गरिएको छ।
सुरुङस्थलमा पुगेर खानेपानी मन्त्री मणिचन्द्र थापाले कन्ट्रोल कक्षको स्विच थिचेर सुरुङमा पानी परेरपरीक्षणको सुरू गरेका हुन्। कार्यक्रममा युवा तथा खेलकूद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सहभागी थिए।
परीक्षणका क्रममा अहिले प्रतिसेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिएको छ। सुरुङ भरिन करिब १६ दिन लाग्ने प्राविधिकहरूको अनुमान छ। परीक्षण अवधि दुई महिनाको हुने आयोजनाले जनाएको छ।
आयोजनाले पहिलो चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने प्रशोधन केन्द्र निर्माण पनि गरिसकेको छ। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौमा वितरण गर्ने तयारीमा आयोजना छ।
सुरूङमा पानी राखिएकोले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरु साथै बागमती नदीमा कुनै पनि बेला पानीको बहाब बढ्नसक्ने भएकाले आसपासका खोलानाला र नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन आयोजनाले आग्रह गरेको छ।
गत असारमा पनि सुरूङमा पानी राखेर परीक्षण गरिएको थियो। त्यसबेला दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19