काठमाण्डौ । अघिल्लो वर्षको दसैँमै मेलम्ची खानेपानी आयोजना पूरा भई उपत्यकावासीलाई पर्याप्तमात्रामा पानी उपलब्ध हुने बताइएको थियो । तर यो वर्षको दसैँ आउनै लाग्दासम्म मेलम्ची खानेपानी आयोजनाको काम अझै पूरा हुन सकेको छैन ।
आयोजनाको निर्माण गर्ने जिम्मा पाएको इटालियन कम्पनी भागेपछि विगत ८ महिनादेखि आयोजनाको काम अलपत्र छ । आयोजनाको लगभग ९० प्रतिशत भौतिक संरचना निर्माण गर्ने काम सकिएको बताइए पनि बाँकी काम पूरा गर्न सरकारले निर्माण कम्पनी छनोट गर्न ढिलाइ गर्दा अर्को दसैँमा पनि काम पूरा हुन्छ कि हुँदैन भन्नेमा काठमाण्डौवासीको आशंका बढेको छ ।
सरकारले बाँकी काम पूरा गर्न चीनको सिनो हाइड्रो कम्पनी र हाई हिमालयन रमन संयुक्त भेन्चरलाई सर्ट लिस्ट गरेको छ । यद्यपि तीमध्ये एउटालाई छनोट गरी ठेक्का सम्झौता गर्ने काम भने अहिलेसम्म हुन सकेको छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रमन–पप्पु संयुक्त भेन्चरलाई उनीहरुलले गरेका थुप्रै विकासे योजनामा देखिएका अनियमितताका कारण कालो सूचीमा राखेको छ । सोही कारणले पनि मेलम्ची खानेपानी आयोजनाको ठेकेदार छनोटमा ढिलाइ भइरहेको अधिकारीहरु बताउँछन् ।
मेलम्ची खानेपानी आपूर्ति विकास बोर्ड स्रोतका अनुसार आयोजनाको बाँकी काम निर्माण गर्ने सम्झौता सिनो हाइड्रोसँग हुने प्रबल छ । यद्यपि बोर्डले सिनो हाइड्रोसँग अझै ठेक्का सम्झौता गरिसकेको छैन ।
बोर्डले केही प्रक्रिया बाँकी रहेका कारण सिनो हाइड्रोसँग ठेक्का सम्झौतामा ढिलाइ भइरहेको जनाएको छ । सम्भवतः दसैँअघिले सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुने र बाँकी कामले दसैँपछि तीव्रता पाउने स्रोत बताउँछ ।
बोर्डका अनुसार अब आयोजनाको हेडवर्क र फिनिसिङको काममात्र बाँकी छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago