-भक्तराज रसाइली
काठमाण्डौ । नेप्सेले सेयर कारोबार प्रणालीमा अन्तर्राष्ट्रिय पथ पछ्याउँदै पूर्ण अनलाइन प्रणालीअनुसार कारोबार गर्ने भएसँगै सेयर बजारमा अनलाइन प्रणालीको तिर्खा एकाएक बढेको छ ।
विभिन्न सेयर बजारका कार्यक्रममा जाँदा पूर्ण अनलाइन कहिलेदेखि हुने हो भन्ने प्रश्नले प्राथमिकता पाउने गरेको छ ।
हाल वितरणमा आएको पहिलो खुड्किला लगइन गर्न पाउने सुविधामा मोक टेस्टिङ्गको अन्तिम तयारी भइरहेको नेप्सेले जनाएको छ ।
भदौभित्र नै आउन लागेको मोक टेस्टिङ्गमा लगानीकर्ताहरुले अहिले भन्दा धेरै सुविधा पाउनेछन् । पूर्ण अनलाइन प्रणालीको सम्पूर्ण अभ्यास गर्न पाउने बताइएको छ ।
पूर्ण अनलाइनको दोश्रो सिढीका रुपमा मोक टेस्टमा भने अझ बढी लगानीकर्ताको सहभागिता रहने नेप्सेको अपेक्षा छ ।
हाल ब्रोकरमार्फत बाँडिएको लगइनमा अर्डर राखेको मात्रै हेर्ने सुविधा रहेकोमा लगानीकर्ता सङ्गठनका केही नेताहरू गुनासो लिएर आउने गरेका नेप्से बताउँछ ।
'प्रणालीमा अभ्यस्त पार्दै लान मोक टेस्टिङ्ग गर्ने तर्खरमा नेप्से अहोरात्र खटेको छ' नेप्सेका सीइओ चन्द्रसिंह साउद भन्छन्-'२-३ हप्ताभित्रै मोकमा लैजान्छौ ।'
मोक टेस्टिङको सुविधा सुरुमा ५ ब्रोकरलाई उपलब्ध गराएको, तर त्यहाँबाट प्रतिक्रिया नपाउँदा समस्या भएको नेप्सेका एक कर्मचारीले बताए ।
लगानीकर्ताले आफ्नो अर्डर आफैं राख्न मिल्ने र त्यसको सेटलमेन्ट पनि हुने गर्दछ, तर यथार्थमा त्यो काल्पनिक कारोबार मात्र हो । पूर्ण अनलाइनमा अर्डर पोस्ट गर्दा वा कारोबार स्वयम् लगानीकर्ताले गर्दा दुर्घटना नहोस् भनी यो केबल पूर्वअभ्यास हो । 'लगानीकर्ताको थप सचेतनाका लागि हामीले एकपटक पुनः सबै ब्रोकरहरुलाई बोलाउनेछौ ।' नेप्सेका ती कर्मचारीले भने-'अब हामी श्रव्यदृश्य पनि वेबसाइटमा राख्नेछौ।'
मोक टेस्टिङ्गले लगानीकर्तालाई पूर्व अभ्यास पनि हुने र प्रविधिमैत्री बन्न सघाउ पुर्याउने अपेक्षा गरिएको छ । दशैका उपहारस्वरूप आउन तरखरमा रहेको फुलफेज अनलाइनले बजारमा सकारात्मक प्रभाव र पूँजीबजार विकासका निम्ति कोशेढुङ्गा हुने यससँग सम्बन्धित विज्ञहरु बताउँछन् ।
कारोबार प्रणालीमा इडीआइएसले मेरो सेयरबाट नै सेयर ट्रान्सफर हुने भएपछि डीआईएस चेक बोकेर ब्रोकरकोमा जानुपर्ने बाध्यता हट्नुका साथै विदेश गएका बखतमा समेत दोस्रो बजारका सेयर कारोबारीहरु लाभान्वित हुनेछन् ।
समग्रमा अनलाइन प्रणालीले सेयर कारोबारमा सहज रूपमा र अवसरका रूपमा सुनौलो अध्याय सुरु हुने विज्ञहरु बताउँछन् ।
निकट भविष्यमा आउन लागेको फूलफेज अनलाइनमा अब बिदेश बस्ने लगानीकर्ताहरुले पनि दोश्रो बजारमा लगानी गर्न जहाँसुकैबाट पनि सहज हुनेछ ।
POA अर्थात् Power of authority ब्रोकरलाई दिएपछि ब्रोकर आफैंले लगानीकर्ताको सेयर खरीदबिक्री गर्न सक्नेछन् । ब्रोकर र करोबारीको एक किसिमको सम्झौताअनुरूप किन्न र बेच्न ब्रोकर आफैंले गर्ने पनि छन् । यसबाट लगानीकर्ताहरुले बजार घटबढ हुँदा प्राप्त हुने अवसर जुनसुकै ठाउँबाट पनि ब्रोकरलाइ सूचना दिए पश्चात् प्राप्त गर्न सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago