काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेडले मोक ट्रेडिङको बिषयमा लगानीकर्ता र सरोकारवालाहरुबाट फिडब्याक मागेको छ । 

नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाईन कारोबार प्रणाली कार्यान्वयन गर्ने सिलसिलामा अन्तिम चरणको कार्यको रुपमा  मोक ट्रेडिङको कार्य मंगलबारदेखि सुरु गरेको हो । 

यही सन्दर्भमा नेप्सेले लगानीकर्ताबाट  मोक ट्रेडिङको बिषयमा फिडब्याक मागेको हो । मोकको प्रयोग सम्बन्धमा लगानीकर्ताले प्राप्त गरेको अनुभवका आधारमा यसमा गर्न सकिने थप सुधार बारे नेप्सेलाई इमेल गर्न भनिएको छ । 

नेप्सेले उपलब्ध गराएको  feedback@nepalstock.com मा लगानीकर्ताले फिडब्याक पठाउन सक्नेछन् । 

नेप्सेले  मोक ट्रेडिङको काम सकिन कम्तीमा पनि २ महिना लाग्ने जनाएको छ । मोकको काम सकेर यही प्रणालीमा लगानीकर्ता अभ्यस्त भएपछि २ महिनापछिदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली कार्यान्वयनमा ल्याइने नेप्सेको पछिल्लो योजना छ।