काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीको मोक ट्रेडिङ गरिरहेको छ । 

दशैंतिहारपछि अनलाइन कारोबार प्रणाली पूर्ण कार्यान्वयनमा ल्याउने योजनासहित नेप्सेले मोक ट्रेडिङमा सहभागी हुन लगानीकर्तालाई आग्रह गरिरहेको छ । 

यो क्रममा देखिएका समस्याको समाधान खोज्दै नेप्सेले यो प्रक्रियामा सहभागी हुन आग्रह गरे पनि कतिपय लगानीकर्ता अझै अलमलमा छन् । 

लगानीकर्ताको सहजताका लागि प्रत्येक ब्रोकरलाई अलग–अलग यूआरएलसम्मको व्यवस्था गरेको नेप्सेले लगानीकर्ताको मोकतर्फको आकर्षण अपेक्षित नपाएपछि र अलमल धेरै देखिएपछि लगानीकर्ताको प्रोत्साहन र हितका लागि भिडियो नै बनाई सार्वजनिक गरेको छ । 

नेप्सेले निर्माण गरेको भिडियो ट्यूटोरियलबाट लगानीकर्ताले कसरी मोक ट्रेडिङमा सहभागी हुने भन्ने बिषयमा पूर्ण जानकारी पाउनेछन् । 

तपाई(लगानीकर्ता) पनि मोक ट्रेडिङमा सहभागिताको बिषयमा अलमलमा हुनुहुन्छ भने नेप्सेले तयार पारेको भिडियो ट्यूटोरियल हेर्न सक्नुहुन्छ । 

ट्यूटोरियल यस्तो छः