काठमाण्डौ । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर बुधबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।
यी दुवै कम्पनीको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने भएकोले यी दुवै कम्पनीको सेयर पनि भोलिबाट कारोबारमा आउने भएका हुन्।
नेप्सेमा मोदी इनर्जीको कुल २ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड १७ लाख ५० हजार कित्ता (७५ प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को ७२ लाख ५० हजार कित्ता (२५ प्रतिशत) रहेको छ।
नेप्सेले मोदी इनर्जीलाई ‘एमईएल’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम ९२.७७ रुपैयाँदेखि अधिकतममा २७७.७१ रुपैयाँको ओपनिङ रेन्ज पाएको छ।
यसैगरी नेप्सेमा रावा इनर्जीको कुल २० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १९ लाख ६० हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को ८ लाख ४० हजार कित्ता (३० प्रतिशत) रहेको छ।
नेप्सेले रावा इनर्जीलाई ‘आरएडब्ल्यूए’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने यो कम्पनीले प्रतिकित्ता न्यूनतम ८३.१० रुपैयाँदेखि अधिकतममा २४९.३० रुपैयाँको ओपनिङ रेन्ज पाएको छ।
यदि भोलि स्पेसल प्रि–ओपन सेसनमा यी दुवै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19