काठमाण्डौ । मोदी इनर्जी र रावा इनर्जी डेभलपमेन्टको सेयर कारोबार बुधबारबाट धितोपत्र दोस्रो बजारमा खुलेको छ।
आज स्पेसल प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तोकेको रेन्जभित्र मोदी इनर्जी र रावा इनर्जीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो।
पहिलो कारोबारका लागि भने नेप्सेले मोदी इनर्जी प्रतिकित्ता न्यूनतम ९२.७७ रुपैयाँदेखि अधिकतममा २७७.७१ रुपैयाँ र रावा इनर्जीलाई प्रतिकित्ता न्यूनतम ८३.१० रुपैयाँदेखि अधिकतममा २४९.३० रुपैयाँको ओपनिङ रेन्ज तोकेको थियो। यी दुवैको प्रि–ओपन सेसनमा क्रमशः २७० रुपैयाँ र २३९.३० रुपैयाँमा किनबेच भएका छन्।
यी दुवै कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो।
नेप्सेमा मोदी इनर्जीको कुल २ करोड ९० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २ करोड १७ लाख ५० हजार कित्ता (७५ प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को ७२ लाख ५० हजार कित्ता (२५ प्रतिशत) रहेको छ। नेप्सेले मोदी इनर्जीलाई ‘एमईएल’ कारोबार संकेत प्रदान गरेको छ।
यसैगरी नेप्सेमा रावा इनर्जीको कुल २० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १९ लाख ६० हजार कित्ता (७० प्रतिशत) र सर्वसाधारण समूह (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित)को ८ लाख ४० हजार कित्ता (३० प्रतिशत) रहेको छ। नेप्सेले रावा इनर्जीलाई ‘आरएडब्ल्यूए’ कारोबार संकेत प्रदान गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago