काठमाण्डौ । मोफसलका सेयर लगानीकर्ताहरुले ब्रोकर हाउसहरुमा केवाईसी अपेडट गर्न ढिलाइ हुने गरेको गुनासो का छन्। बिजशालाको नियमित स्तम्भ ब्रोकरसँग लगानीकर्ताको गुनासोमा झापा र चितवन जिल्लाका दुई लगानीकर्ताले यस्तो गुनासो पोखेका हुन्।
झापा दमकका अर्जुन बुढाथोकीले स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिजबाट सेयर बिक्रीबापतको रकम भुक्तानी १५ दिनसम्म ढिला गर्ने गरेको आरोप लगाएका छन्। केवाईसी अपडेट गर्नसमेत १ महिना लगाउने गरेको उनले जानकारी दिए।
ब्रोकरले दादागिरी शैलीमा ‘अन्त जाँदा नि हुन्छ’ भन्दै रेस्पोन्स नगर्ने गरेको बुढाथोकीको भनाइ छ। ‘नियमित सेयर कारोबार समयभन्दा अगाडि र पछाडि ब्रोकर कार्यालयको फोन पनि उठ्दैन’, उनले भने।
सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेमकुमार अग्रवालले ससाना १० कित्ताधारी र गाउँभरिबाट संकलन गरी डुप्लिकेट केवाईसी खोल्ने चलनलाई निष्तेज गर्न र नियामकको मापदण्डअनुसार मात्र आफ्नो ब्रोकर कम्पनी केवाईसी खोल्ने बताए। भुक्तानीका विषयमा भने कहिलेकाहीँ प्राविधिक कारणले १–२ दिन ढिला हुन सक्ने तर आजसम्म कसैलाई सेयर बिक्रीबापतको रकम भुक्तानीमा ढिलाइ नभएको र नेप्सेबाट समेत कारोबार निलम्बनमा कहिले पनि आउट नभएको अग्रवालको दाबी छ।
चितवन भरतपुरका रामहरि सापकोटाले आफ्ना पिता कृष्णकान्त सापकोटाको केवाईसी (सेयर कारोबार खाता) स्टक ब्रोकर नम्बर २९ त्रिशूल सेक्युरिटिजमा ६–७ पटक धाइसक्दासमेत सेयर खरिदबिक्री गर्न नसकिरहेको बिजशालासमक्ष गुनासो गरे। सापकोटाले उनको पिताको केवाईसी अन्त कतै नखोलेको तर ब्रोकर नम्बर २९ बाट सेयर किनबेच गर्नै नसकिरहेको र यस विषयमा नेप्सेसमक्ष बारम्बार उजुरी गर्दासमेत रेस्पोन्स नगरेको आरोप लगाए।
स्टक ब्रोकर नम्बर २९ का सञ्चालक नवराज सुवेदीले अर्को ब्रोकरकहाँ सो डिम्याट खाता म्यापिङ भएकाले डुप्लिकेट बीओ आईडी भनेर आएकाले केवाईसी नखोलिएको दाबी गरे। लगानीकर्ताको डिम्याट नम्बर नै अदलबदल भएर पनि डुप्लिकेट बीओ आईडी देखाउने र केवाईसी अपडेट हुन नसक्ने उनको भनाइ छ। यस विषयमा लगानीकर्तालाई शाखाले आज शुक्रबार नै झिकाइ समस्या हल गर्ने प्रयास गरिने उनले जिकिर गरे।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19