काठमाण्डौ । आज ग्रस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दैछ। तपाइँ पनि आफ्नो स्मार्टफोनको क्यामेरामा यो अद्भुत खगोलीय घटना कैद गर्न सक्नुहुन्छ। सूर्यग्रहणका राम्रा तस्बिरहरु क्लिक गर्नका लागि यहाँ केही टिप्सहरु दिन गइसकेका छौँ। 

पहिला आफ्नो सुरक्षा

सूर्यग्रहणको फोटोग्राफी सुरु गर्नुअघि आफ्नो सुरक्षा गर्नु महत्वपूर्ण हुन्छ। सूर्यको किरण छाला र आँखाका लागि हानिकारक साबित हुन सक्छ। यसकारण पहिले आफ्नो शरीर छोप्नुहोस् र सनग्लास प्रयोग गर्नुहोस्। यसबाहेक टोपी पनि लगाउनुहोस्।

एक्स–रे वा यूभी फिल्टरको प्रयोग

सूर्यग्रहणको समयमा आउने सीधा किरणहरुले तपाइँको क्यामेराको सेन्सरहरुलाई क्षति पुर्याउन सक्छ। यसकारण क्यामेरा लेन्सको अगाडि एक्स–रे वा यूभी फिल्टर प्रयोग गर्नुहोस्। यसबाट तपाइँको फोनको क्यामेरा सेन्सर सुरक्षित रहनेछ र कुनै हानी हुने छैन।

स्थान चयन

सूर्यग्रहणको समयमा राम्रो फोटो खिच्नका लागि सही स्थानमा हुनु महत्वपूर्ण छ। यसकारण खुला क्षेत्र खोज्नुहोस्, जहाँबाट आकाशको स्पष्ट दृश्य देख्न सकिन्छ। बीचमा तार, पोल, भवन नहोस् भन्नेमा ध्यान दिनुपर्छ।

ट्राइपड उपयोग र फुल रिजोलुसन क्याप्चर मोड

ट्राइपडको प्रयोगका साथ तपाइँ स्टेबल र ब्लर फ्री सटहरु लिन सक्नुहुन्छ। यसबाट रिमोटबाट घरभित्रै बसेर पनि फोटो खिच्न सकिन्छ। यसबाहेक यदि तपाइँको फोन ४८एमपी, ६४एमपी, १०८ एमपीजस्ता ठूला सेन्सरसँग आउँछ भने फोटो खिच्नका लागि यसलाई प्रयोग गर्नुहोस्। तपाइँ यसलाई क्यामेराको सेटिङबाट एक्सेस गर्न सक्नुहुन्छ। जुम गर्नुको सट्टा हाई–रिजोल्युसन फोटो क्रप गर्नु राम्रो हुन्छ। यसबाहेक तपाइँ जुमको सट्टा टेलिफोटो सेन्सर प्रयोग गर्न सक्नुहुन्छ।

एचडीआर मोडको प्रयोग

तपाइँ एचडीआर मोड प्रयोग गरेर उज्यालो फोटोहरु क्लिक गर्न सक्नुहुन्छ। यसले इमेजको क्वालिटी र डिटेल्स बढाउँछ। क्यामेरा हल्लाउनबाट बच्न तपाइँले बिल्ट–इन टाइमर वा रिमोट सटर प्रयोग गर्न सक्नुहुन्छ। यसबाट तपाइँ सेक–फ्री सटहरु लिन सक्नुहुन्छ।

टाइम लेप्स भिडियो

सूर्यग्रहणको टाइम लेप्स भिडियो एकदम सही देखिनेछ। तपाइँ यसलाई प्रयास गर्न सक्नुहुन्छ। यसका लागि तपाइँको क्यामेरा सेटअप ट्राइपडमा हुनुपर्छ। सम्भव भएमा फोनलाई पावर बैंकमा जोडेर राख्नुहोस्। –एजेन्सीको सहयोग