काठमाण्डौ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले ३५.३१ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएपछि यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
यो आईपीओ आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। कुल कित्तामध्ये कम्पनीले ८ लाख २ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको छ। बाँकी २७ लाख २८ हजार ५०० कित्ता सर्वसाधारणका लागि निष्कासन गरिनेछ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।
गत फागुन ६ गते सम्पन्न कम्पनीको ११ साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी वृद्धि गरी १ अर्ब र जारी पुँजी वृद्धि गरी ८० करोड २५ लाख रुपैयाँ पुर्याउने निर्णय गरेको थियो। जारी पुँजीमा सेयर संरचनाअन्तर्गत ५६५ अर्थात ४४ करोड ९४ लाख रुपैयाँ संस्थापक सेयर र ४४५ अर्थात ३५ करोड ३१ लाख रुपैयाँबराबरको सेयरको सार्वजनिक निष्काशनबाट संकलन गर्ने निर्णय सभाले गरेको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19