तस्बिर: प्रधानमन्त्रीको सचिवालय
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउन र तरलता समस्या समाधान गर्न मौद्रिक नीतिमा सुधार गर्न उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा प्रधानमन्त्री दाहालले उपप्रधान तथा अर्थमन्त्री पौडेल र गर्भनर महाप्रसाद अधिकारीलाई ब्याजदर घटाउन तथा तरलताको समस्याका बारेमा मौद्रिक नीतिमा सुधारका साथै अन्य आवश्यक पहलकदमी गर्नुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री दाहालले पौडेल र अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका थिए। उनले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरुको विषयमा चासो राखेका थिए।
छलफलमा प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रमा देखिएको चुनौतीका कारण जनतामा परेको असरलाई न्यूनीकरण गर्ने उपायहरुको खोजी गर्न पनि निर्देशन दिएका छन्। अनुत्पादक क्षेत्रमा ऋण प्रवाह रोक्न तथा अर्थतन्त्रको अवस्थाबारे जनतालाई सुसूचित र सचेत तुल्याउन आवश्यक रहेको पनि उनले औँल्याए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago