काठमाण्डौ । मोरङ व्यापार संघले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि नेपाल राष्ट्र बैंकलाई सुझाव पठाएको छ।
संघले आज १७ बुँदे सुझावसहितको पत्र राष्ट्र बैंकमा पठाएको हो। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बेस रेट, ब्याजदर, मुद्दति निक्षेप दर, तरलता समस्यालगायत पछिल्लो समय उद्योगी–व्यवसायीले भोग्दै आएका समस्या समाधानका लागि संघले सुझाव पठाएको छ।
बेस रेट बढेको अवस्थाका कारण ब्याजदर न्यूनीकरण हुन नसकेको हुँदा एकल अंकको ब्याजदर कायम हुने गरी घटाइनुपर्ने सुझाव संघले दिएको छ।
यसैगरी बैंकहरुले बेस रेटपश्चात थप गर्ने गरेको प्रिमियमका सन्दर्भमा उत्पादनमूलक उद्योगका हकमा अधिकतम १ प्रतिशत थप गर्ने र अन्य व्यावसायिक प्रतिष्ठानको हकमा अधिकतम १.५ प्रतिशतमात्र प्रिमियम थप गरिनुपर्ने व्यवस्था मिलाउन पनि संघले सुझाव दिएको छ।
संघले ७ प्रतिशतको मुद्रास्फीति दरअनुरुप नै मुद्दति निक्षेप दर कायम गर्नुका साथै संस्थागत निक्षेप दर न्यून कायम रहने व्यवस्था गर्न पनि राष्ट्र बैंकलाई सुझाव दिएको छ।
यस्ता छन् मोरङ व्यापार संघले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका लागि पठाएको सुझावहरु




2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19