monetary policy-2074
काठमाण्डौ । राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी वर्षको मौद्रिक नीतिले निजी क्षेत्रमा निरासा छाएको छ । लगानी प्रोत्साहित गर्ने खालको मौद्रिक नीति आउन नसकेको निजी क्षेत्रको गुनासो छ।
मौद्रिक नीति कर्जा संकुचन हटाउने र चर्किएको ब्याजदर घटाउने विषयमा चुकेको व्यवसायीको दाबी छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मौद्रिक नीतिबाट आफूहरू निरास भएको बताए ।
‘मौद्रिक नीतिले लगानी बढाउन प्रोत्साहन गर्नुपथ्र्यो, लगानीमैत्री वातावरण बनाउनुपथ्र्योु, उनले भने, लगानीकर्ता प्रोत्साहित गर्ने विषयमा मौद्रिक नीति चुकेको छ । अहिलेको जल्दोबल्दो समस्या चर्को ब्याजदर र कर्जा संकुचन आगामी वर्ष पनि यथावत रहने उनले बताए ।
गत मंसिरदेखि बैंकिङ प्रणालीमा ‘क्रेडिट क्रञ्चुको समस्या देखिएको छ । लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकको ब्याजदर पनि बढेर १५ प्रतिशतसम्म पुगेको छ । यसले लगानीमा समेत संकुचन आएको छ ।
मौद्रिक नीतिले ब्याजदर अझ बढ्ने देखिएको महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले दाबी गरे । यो खबर आजको अन्नपूर्णमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago