काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन शुक्रबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।
आज २ घन्टाको कारोबारमा बजार २७.२६ अंकले घटेको छ। योसँगै नेप्से परिसूचक २०१७.४६ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.४० अंकले घटेर ३८६.२४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने साढे १ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।
बजार जानकार गोविन्दप्रसाद घिमिरे आज बजार घट्नुको मुख्य कारण मौद्रिक नीतिका विषयमा आएका खबरहरु नै रहेको बताउँछन्। ‘मौद्रिक नीति कसिलो आउने खराबहरु आएका छन्’, उनले भने, ‘त्यही भएर लगानीकर्ताहरु सेफ साइडमा बसेको देखिन्छ।’
मौद्रिक नीतिमार्फत बैंक ब्याजदर बढ्ने, ओडी प्रकृतिको लोन टाइट हुनेजस्ता खबर आएका कारण लगानीकर्ताहरुमा त्रास देखिएको घिमिरेको भनाइ छ। ‘समग्रमा मौद्रिक नीति संकुचित आउने अनुमान गरिएको छ’, उनले भने, ‘तर, मौद्रिक नीति कस्तो आउँछ भने केही घन्टा अझै कुर्नैपर्ने देखिन्छ।’
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन व्यापार समूह सर्वाधिक २.४८ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह समान २.१४ प्रतिशतले घट्दा बैंकिङ समूहमा १.१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१३ प्रतिशत, विकास बैंक समूहमा २.०१ प्रतिशत, जलविद्युत समूहमा १.५३ प्रतिशत, वित्त समूहमा १.६८ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४ प्रतिशत, लघुवित्त समूहमा १.०८ प्रतिशत, जीवन बीमा समूहमा १.१३ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१७ प्रतिशत र लगानी समूहमा १.२९ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २१२ कम्पनीका ३३ लाख २० हजार ५१२ कित्ता सेयर १ अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० रुपैयाँमा किनबेच भएका छन्।
यो दिन शिवम सिमेन्टको सर्वाधिक २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ। हिमालयन डिस्टिलरीको ६ करोड ८० लाख रुपैयाँबराबरको कारोबार भएको आज गोर्खाज फाइनान्सको ४ करोड ९५ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ३ करोड ८३ लाख रुपैयाँ, अरुण काबेली पावरको ३ करोड ४२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ३७ लाख रुपैयाँ, अप्पर तामाकोशीको ३ करोड १० लाख रुपैयाँ, अपी पावरको २ करोड ५५ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको २ करोड ५२ लाख रुपैयाँ र कृषि विकास बैंकको २ करोड ४० लाख रुपैयाँ बढी कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज किसान लघुवित्तका सेयरधनीहरु मालामाल भए। यो लघुवित्तको सेयरभाउ ८ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ ६ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago