काठमाण्डौ । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ।
नेपाल प्रहरीले आसन्न निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुला भएको आह्वान गरेको हो। म्यादी प्रहरीमा १ लाख १५ हजारजनाका लागि भर्ना खुलाइएको छ।
म्यादी प्रहरीमा भर्ना हुन इच्छुकले यही भदौ ३० गतेबाट दरखास्त पेस गर्न सक्नेछन्। दरखास्त प्रहरी परिसर (काठमाण्डौ, ललितपुर र भुक्तापुर) र सबै जिल्ला प्रहरी कार्यालयमा पेस गर्न सकिनेछन्।
दरखास्त पेस गर्ने अन्तिम मिति असोज ६ गतेसम्म तोकिएको छ। दरखास्त पेस गरेका उम्मेदवारहरुले सम्बन्धित प्रहरी कार्यालयमा असोज ७ गते सम्पर्क गर्नुपर्नेछ।
प्रारम्भिक छनोट प्रक्रिया असोज ९ गतेदेखि असोज १४ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम नतिजा प्रकाश असोज २५ गते हुनेछ। असोज ३० गतेदेखि कात्तिक ८ गतेसम्म प्रशिक्षण सञ्चालन हुनेछ।
निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ।
सेवा तथा सुविधा
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago
9 months ago