काठमाण्डौ । अबदेखि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन आफ्नो वेबसाइटमा पनि राख्नुपर्ने भएको छ।
वैदेशिक रोजगार विभागले एक सूचना प्रकाशित गरी म्यानपावर कम्पनीहरुलाई वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि आफ्नो वेबसाइटमा समेत अनिवार्य राख्न निर्देशन दिएको हो। ‘विभागबाट इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगारसम्बन्धी विज्ञापन अटो अप्रुभ हुने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ।
सूचनाका अनुसार अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृतबमोजिमको विज्ञापनको पहिलोपटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो कम्पनीको वेबसाइटमा अनिवार्य राख्नुपर्नेछ।
यो कार्यको नियमित रुपमा अनुगमनसमेत हुने विभागले जनाएको छ। ‘त्यसो गरेको नपाइएमा कारबाही गरिनेछ’, विभागले भनेको छ।

2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19