Bearish Market
काठमाण्डौ । निरन्तर ओरालो लागेको पूँजीबजार साताको अन्तिम कारोबार दिन बिहीबार पनि दोहोरो अंकले झरेको छ ।
बजारमा सेयर बिक्रीको चाप कायमै रहेको र लगानीकर्ताहरुले आफूसँग भएको पैसा सेयर भन्दा कम जोखिम मानिएको क्षेत्रमा लगाउन थालेपछि यसको असर बजारमा देखिएको छ । पछिल्लो समय एनएमबी र नवील बैंकका दुई सहायक कम्पनीले १ अर्ब ८० करोडको म्युचुअल फण्ड ल्याएका छन् । ७ वर्षे बन्दमुखी ती म्युचुअल फण्डमा सुरक्षित लगानीका लागि सर्वसाधारण केन्द्रीत भएपछि सेयरमा खरीदमा आउने पैसा अन्य विकल्पमा डाइभर्ट भएको हो ।
बिहीबार बजार परिसूचक १२.२२ अंकले घटेर १७६६.९१ मा आइपुगेको हो ।
चार समूहको सूचकमा हरियो पोतियो भने अन्य समूहमा रातो पोतियो । वाणिज्य बैंक समूह १९.६३ अंकले घट्यो भने उत्पादनमूलक ६७.३६ अंकले तल झर्यो । विकास बैंक ९.४५ र बित्त समूह १.११ अंकले घट्यो ।
सबैभन्दा धेरै होटल समूह २३.७३ अंकले बढ्यो भने बिमा ६.६९, जलविद्युत ६.०३ र अन्य समूह ४.६३ अंकले उक्लियो ।
सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्समा क्रमशः २.८ र १.०१ अंकको गिरावट देखियो ।
बिहीबार १ सय ४० कम्पनीका ९ लाख १६ हजार २ सय ३३ कित्ता सेयर ९० करोड ११ लाखमा किनबेच भयो ।
धेरै कारोबार गर्ने कम्पनी
बिहीबार सबैभन्दा बढी नेशनल लाइफले ६ करोड ५९ लाखको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले ५ करोड ७ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ४ करोड ७१ लाख, सानिमा बैंकले ४ करोड ४२ लाख, एनबी बैंक ३ करोड ९१ लाख, एभरेष्ट बैंकको ३ करोड ६८ लाख, कृषि विकास बैंकको ३ करोड १८ लाख, नबील बैंकको ३ करोड, सिद्धार्थ बैंकको २ करोड ६६ लाख र सनराइज बैंकको २ करोड ३२ लाखको कारोबार भयो ।
धेरै कमाउने र गुमाउने
बिहीबार सबैभन्दा बढी एभरेष्ट बैंकको कन्भर्टेवल सेयरको मूल्यमा १० प्रतिशतको वृद्धि भयो । यूनाइटेड फाइनान्सका लगानीकर्ता पनि मालामाल भए, यो कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा बढ्यो । वेस्टर्न डेभलपमेन्ट बैंकको सेयर मूल्य ७.३७ प्रतिशतले वृद्धि भयो ।
किसान माइक्रो फाइनान्स बित्तीय संस्था र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउन पुगे । किसानको सेयर मूल्य ४.३३ प्रतिशतले घट्यो भने नेरुडेको ४ प्रतिशतले घट्यो ।
फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउनुपर्यो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago