काठमाण्डौ । सानिमा क्यापिटल मार्केटको पहिलो म्युचुअल फण्ड सानिमा इक्वीटी फण्डले मंगलबारदेखि १ अर्ब २० करोड मूल्यका इकाईहरुको बिक्री खुलाएको छ । पछिल्लो समय वाणिज्य बैंकहरुले सहायक कम्पनीको रुपमा मर्चेन्ट बैंक स्थापना गर्ने र मर्चेन्ट बैंकहरुले म्युचुुअल फण्डहरु ल्याउने लहर नै चलेको छ । दोश्रो बजारमा सोझै लगानी गर्दाको तुलनामा म्युचुुअल फण्डहरुमा लगानी गर्दा कम जोखिम हुने भन्दै यस्ता इकाईहरुमा लगानीकर्ता ज्यान फालेर लगानी गर्न तम्सिन्छन् । राम्रो रिटर्न पाउने आशामा नयाँदेखि पुराना, अनुुभवीदेखि नवप्रवेशी लगायतका लगानीकर्ताहरुले समेत म्युुचुुअल फण्डमा मरिहत्ते गरेर इकाई खरीदका लागि आवेदन दिन्छन् । दोश्रो बजारको तुलनामा जसरी म्युचुुअल फण्डलाई सुरक्षित लगानीको विकल्पको रुपमा बुुझ्ने गरिएको छ, के वास्तविकता यही हो त ? नेपालका म्युचुुअल फण्डहरुको लगानी कत्ति सुरक्षित होला ? बजारको मूूभमेन्टमा आधारित यस्ता फण्डहरुको बिजिनेशमा आँखा चिम्लिएर लगानी गर्नु उपयुक्त होला कि नहोला ? 

सरसर्ती हेर्दा नेपालका म्युचुुअल फण्डहरुमा गरिएको लगानी जोखिमपूर्ण देखिन्छ । यहाँका फण्डहरुले दोश्रो बजारमै लगानी विविधिकरण गर्ने भएकोले बजारको घटबढसँगै म्युुचुुअल फण्डहरुको भविष्य समेत जोडिएको देखिन्छ । यसको अर्थ स्पष्ट छ, यदि कुनै दिन बजार अप्रत्यासित रुपमा घटेर निकै तल झर्यो भने म्युचुुअल फण्डको लगानी जूवाको खालमा पैसा हाले सोसरह बन्नसक्छ । जसरी जूवामा भाग्यले साथ दियो भने जूवाडेले कमाउँछन्, त्यसैगरी म्युचुुअल फण्डमा समेत बजारले साथ दियो भने मात्र इकाईधनीहरुले लगानीको रिटर्न पाउँछन् । 

विज्ञहरुको भनाईलाई आधार मान्ने हो भने नेपालका अधिकांश फण्ड संचालकहरुले सर्वसाधारण लगानीकर्ताले एउटा हदसम्म वेबकुफ बनाउने काम गरिरहेका छन् । यहाँका म्युचुुअल फण्डहरुले इकाईको बिक्री खुलाउनुुअघि न न्यूनतम रिटर्नको ग्यारेण्टी गरेका हुन्छन् न प्रिन्सिपल प्रोटेक्सनकै । बजार राम्रो भए कमाएर दिउँला भनेर जनताको पैसा बटुुल्ने गलत प्रवृति हाबी भएको भन्दै कतिपयले विदेशमा जस्तो नेपालका फण्डहरुले समेत लगानीको न्यूनतम ग्यारेण्टी तोक्नुुपर्ने सुुझाव दिन्छन् । 

के भन्छन् विश्लेषक ?
विश्लेषक तथा बैंकर मनोजकुमार ज्ञवालीले नेपालका म्युचुुअल फण्डहरुको लगानी जोखिमपूर्ण रहेको बताउँछन् । 

‘विदेशमा जस्तो नेपालका म्युचुुअल फण्डहरुले न्यूनतम रिटर्नको कुनै ग्यारेण्टी गर्ने ट्रेण्ड नै छैन ।’ ज्ञवालीले भने–‘दोश्रो बजारमा लगानीकर्ताले सोझै कुनै कम्पनीको सेयर खरीद गर्नुभन्दा म्युुचुुअल फण्डमा लगानी गर्नु तुलनात्मक हिसाबले सुरक्षित हुन्छ ।’ 

ज्ञवालीको भनाईमा म्युचुुअल फण्डको बिजिनेश बजारमा आधारित रहेकोले कुनै कारणले बजार तल झर्यो भने लगानीकर्ताको लगानी डूूब्नसक्ने जोखिम पनि उत्तिकै हुन्छ । ‘अहिले पनि हेर्नुभयो भने कतिपय म्युुचुुअल फण्डहरुको प्रति इकाई खूद मूल्य १० रुपैयाँ भन्दा तल छ ।’ ज्ञवाली भन्छन्–‘२ वर्षदेखि संचालनमा रहेका कतिपय फण्डहरुको न्याभ समेत १० रुपैयाँ तल झर्नुले समेत यसको लगानी जोखिमपूर्ण छ भन्ने देखिन्छ ।’  

पहिला पहिला थोरै संख्याका म्युचुुअल फण्डहरु हुने र उनीहरुले सूचिकृत कम्पनीहरुको आइपीओमा ५ प्रतिशत पाउने गर्दा यसले समेत केही सहज अवस्था थियो । अब फण्डहरुको संख्या बढेपछि ५ प्रतिशतले धेरै भोल्यूम क्यारी नगर्ने र पहिलाजस्तो सहज अवस्था नरहेको उनी बताउँछन् । उनले नेपालमा म्युचुुअल फण्ड संचालनको लामो अनुुभव नभएको, फण्ड सुपरभाइजर लगायतका जनशक्तिमा दक्षताको अभाव रहेकोले फण्डहरुको लगानीमा जोखिम अझ बढिरहेको बताउँछन् । 

‘क्यापिटल मार्केटमा अनुभव नै नभएकाहरुको सुपरभिजन र सल्लाहमा म्युचुुअल फण्डहरु चलेका छन्, कुनै दिन यदि बजार घटेर न्यूनतम बिन्दूमा झरिदियो भने लगानीकर्ता हिस्स पर्ने अवस्था छ ।’ ज्ञवालीले भने–‘यहाँ विदेशमा जस्तो मिनिमम रिटर्नको ग्यारेण्टी छैन, न त प्रिन्सिपल प्रोटेक्टेट टाइपकै फण्डहरु संचालित छन् । यस्तो अवस्थामा घाटामा जाने संभावना पनि उत्तिकै हुन्छ ।’ उनले देशमा बन्दमुखी म्युचुुअल फण्ड धेरै भएका उल्लेख गर्दै खुल्लामुखी फण्डहरुको आवश्यकता औंल्याए ।  

बैंकर अजय मिश्र म्युचुुअल फण्डको भविष्य देशको अर्थतन्त्र र सेयर बजारको गतिविधिमा भर पर्ने बताउँछन् । ‘ठूला देशहरुमा समेत कतिपय अवस्थामा म्युचुुअल फण्डमा लगानी गर्नेहरु डूबेका छन् ।’ उनले भने–‘नेपालका म्युुचुुअल फण्डहरु समेत जोखिमरहित छैनन् ।’ नेपालका म्युचुुअल फण्डहरुले इकाईहरुको बिक्री खुलाउँदा न्यूनतम रिटर्नको प्रतिबद्धता गरेका भए पनि ग्यारेण्टी नै भने नदिने गरेका उनी सुनाउँछन् । 

‘म्युुचुुअल फण्ड मार्केट मेकर समेत हो, भलै यस्तो भूमिकामा फण्डहरु खरो उत्रन सकेका छैनन् ।’ मिश्रले भने–‘तर, दोश्रो बजारको बिषयमा ज्ञान नभएका साना लगानीकर्ताहरुका लागि म्युुचुुअल फण्ड लगानीको राम्रो विकल्प पनि हो ।’ नेपालसँग म्युचुुअल फण्डहरुको लामो इतिहास नभएको उल्लेख गर्दै उनले परिपक्व नभइसकेको बजारमा आधारित भएर संचालन हुने म्युचुुअल फण्डहरु जोखिमकै वरिपरि हुने समेत प्रष्ट्याए ।

बैंकर तथा विश्लेषक अनलराज भट्टराईले नेपालका म्युचुुअल फण्डहरुले रिटर्नमा कुनै ग्यारेण्टी दिन नसक्ने बताए । ‘तर, जोखिम जहाँ पनि हुन्छ, वाणिज्य बैंकको मुद्धती  निक्षेपमा गरिएको लगानी समेत जोखिममै हुन्छ ।’ उनले भने–‘म्युचुुअल फण्डहरुको लगानी दैनिक तलमाथि भइरहेको हुन्छ, तर यदि प्रोफिट कमाउन सकेन भने फण्डहरुले इकाईधनीहरुलाई कसरी रिटर्न दिनसक्छन् ?’ 

नेपालको पुरानो इतिहासमा म्युचुुअल फण्डहरुको खराब प्रदर्शन रहेको उल्लेख गर्दै भट्टराईले लगानीकर्ताले प्रत्येक महिनाको न्याभ हेर्नुपर्ने सुुझाव दिन्छन् । ‘कम्पनीहरुको बिषयमा राम्रो विश्लेषण गर्ने क्षमता छ र सूचना ल्याउनसक्ने अवस्था छ भने त्यस्ता लगानीकर्ताले म्युुुचुुअल फण्ड छाडेर दोश्रो बजारबाटै सूचिकृत कम्पनीको सेयरमा लगानी गरेको राम्रो हो ।’ उनले भने–‘तर, सूचनाको पहुँच छैन र विश्लेषण गर्नसक्ने क्षमता छैन भने त्यस्ता लगानीकर्ताका लागि म्युचुुअल फण्ड लगानीको राम्रो विकल्प हो ।’