काठमाण्डौ । पशुपति शर्मा चर्चित लोकगायक हुन्। उनी पोखरामा कार्यक्रम सकेर आज काठमाण्डौ फर्किंदैछन्। 

पोखरामै आज भएको यती एयरलाइन्सको जहाज दुर्घटनाले शर्मा स्तब्ध छन्। किनकि उनले आजकै लागि सोही विमानबाट पोखरा जाने टिकट काटेका थिए। तर, उनले टिकट रद्द गर्दै दुई दिनअघि ने बुद्ध एयरको विमानबाट पोखरा पुगे। 

शर्माले आफू आज पोखराको कार्यक्रम सकेर काठमाण्डौ फर्किने कार्यक्रम रहेको बताए। ‘विमान दुर्घटनाको खबर आउँदा म स्तब्ध छु’, उनले भने। 

‘दुई दिनअघि म नआएको भए त्यही जहाजबाट पोखरा आउँथे होला’, शर्माले भने, ‘मलाई भाग्य र कर्मले बचाएको हुन सक्छ।’