काठमाडौं । यती एयरलाइन्सको विमान शुक्रबार बिहान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।
नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज बिहान करिब ११ बजेर ५ मिनेटमा अवतरण गर्नेक्रममा धावनमार्गमा चिप्लिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीहरुका अनुसार विमान चिप्लेचर २० मिटर पर पुगेको छ । विमान धावन मार्गमा चिप्लिए पनि सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ।
चिप्लिएर घाँसेमैदानमा धसिएको विमान निकाल्ने प्रयास भइरहेकोले विमानस्थल बन्द गरिएको छ । विमानस्थल बन्द भएसँगै आन्तरिक र बाह्य उडान भर्ने तयारीमा रहेका जहाजको उडान प्रभावित बनेको छ।
त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा रहेका जहाजहरु डाइभर्ट भएका छन् भने केही जहाज होल्डमा छन्।
चाइन एयर र सिचुवान एयर ल्हासा डाइभर्ट भएका छन्। नेपाल एयरलाइन्सको दुबइबाट आएको जहाज दिल्लीडाइभर्ट गर्ने तयारी गरेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago