काठमाण्डौ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको क्षेत्रबाट ३० जनाको शव फेला परेको छ। 

कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार अहिलेसम्म दुर्घटनाग्रस्त क्षेत्रबाट ३० जनाको शव निकालिएको छ। ‘उद्धार कार्य जारी रहेको छ’, उनले भने। 

काठमाण्डौबाट १०ः०५ बजे उडेको यती एयरलाइन्सको एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती खोँचमा १०ः५० दुर्घटना ग्रस्त भएको थियो। विमानमा चालक दलका सदस्यसहित ७२ जना यात्रु सवार थिए। 

प्रजिअ केसीले यात्रुको जीवित उद्धार हुने सम्भावना कम रहेको बताए। ‘जहाजमा आगो लागेको अझै निभाउन सकिएको छैन’, उनले भने।