काठमाण्डौ । पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। 

पोखराको सती खोँचमा यति एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाग्रसत भएको हो। दुखद र त्रासदीपूर्ण दुर्घटनाप्रति प्रधानमन्त्री दाहालले दुख व्यक्त गरेका छन्। 

दाहालले प्रभावकारी उद्धारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन्। 

हालसम्म दुर्घटनाग्रस्त क्षेत्रबाट ३० जनाको शव फेला परेको छ। 

काठमाण्डौबाट १०ः०५ बजे उडेको यती एयरलाइन्सको एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरा विमानस्थलबाट २ किलोमिटर पर सेती खोँचमा १०ः५० दुर्घटना ग्रस्त भएको थियो। विमानमा चारजना चालक दलका सदस्यसहित ७२ जना यात्रु सवार थिए। 

विमान क्याप्टेन कमल केसीले उडाएका थिए।